• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

वडाध्यक्ष भन्छन् ‘प्रतिपक्ष हुँदा गाउँपालिकाले हेप्यो, अब गगन थापालाई बोलाउछु’


जिबेश शाही/ साउन २८, कालिकोट । कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका ५ वडाध्यक्ष नरेश बमले आफुलाई प्रतिपक्षको जनप्रतिनिधि भनेर गाउँपालिकाले हेपेको बताएका छन् ।

रेडियो प्रदेश आवाजको एउटा लाइभ कार्यक्रममा बोल्दै उनले आफुलाई गाउपालिकाले अनुचित व्यबहार गरेको बताएका हुन् । उनले भने, ‘सान्नी त्रिबेणी रोड सर्भे विपरित स्थानबाट सडक खनिएको छ, आफ्ना आसपासका मान्छे को डोजर परिचालन गरिएको छ ।’

उनले आफ्नो वडालाई ६ लाख मात्र बजेट बिनियोजन गरिएको भन्दै उनले गाउपालिका अध्यक्षलाई लक्षित गर्दै आक्रोश पोखे । वडा अध्यक्ष बम नेपाली काँग्रेसको तर्फबाट निर्वाचित हुन् भने गाउँपालिका अध्यक्ष भने डम्बर शाही तत्कालीन ने.क.पा. माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

वडा अध्यक्ष बमले आउदो दशैमा काँग्रेस नेता गगन थापालाई बोलाएर वडा अध्यक्ष गोल्ड कप संचालन गर्ने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति : २०७६ साउन २८ गते मङ्गलवार