• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

नवलपरासीको अरुणखोला पुलमा क्षति,पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


साउन २९,नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा पुल भाँचिदा राजमार्ग अवरुद्ध भएको छ ।

पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेको हो । पुलमा क्षति पुगेपछि बिहानैबाट राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाको छ ।

ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलबाट ठूला सवारी साधान आवत –जावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

प्रकाशित मिति : २०७६ साउन २९ गते बुधवार