• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

स्थानीय सरकारले एनजीओलाई बहिस्कार गर्छु भन्न पाइदैन् : मन्त्री ज्वाला


साउन २९, सल्यान । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गैरसकारी संस्था पनि राज्यको एउटा अंग भएको बताएका छन् । राज्य संचालनमा गैरसरकारी संस्थाको भुमिका महत्वपुर्ण हुने उनले बताए ।

सल्यान खलंगामा गैरसरकारी महासंघ सल्यान र हरप्लेस सल्यानले गरेको पारस्परिक जवाफदेहिता परियोजना नागरिक समाज संस्थाको संस्थागत सुशासन र स्वनियमन अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले गैरसरकारी संस्थालाई पनि सरकारले कानुनी अधिकार दिएको बताए । उनले भने, ‘कुनैपनि स्थानीय सरकारले ए.न.जी.ओ.लाई बहिस्कार गर्छु भन्न पाइदैन् । ए.न.जी.ओ.लाई राज्य र संविधानले अधिकार दिएको छ ।’

सरकारले गलत गर्दा गैसस र गैससले गलत गर्दा सरकारले खबरदारी गर्नुपर्ने उनले बताए । अहिले स्थानीय तहले आफ्नो मात्रै क्षेत्राअधिकार पर्छ भनेर गलत धारण बुझेको उनले बताए ।

उनले भने, ‘केहि स्थानीय सरकारले यो क्षेत्र मेरो मात्रै हो, मैले मात्रै काम गर्नुपर्छ भन्ने गलत धारण बुझेका छन् । त्यसो गर्न पाईदैन्, क्षेत्राअधिकार सबैको हुन्छ । विकास सबैले गर्ने हो ।’ प्रदेश र संघ सरकारले पनि स्थानीय तहमै गएर विकास गर्ने भन्दै उनले स्थानीय सरकारलाई सबैसंग हातेमालो गर्न सुझाव दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्ट, उपप्रमुख हरि बहादुर बुढाथोकी, नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष प्रतिक इच्छुक शर्मा, गैसस सल्यानका पुर्व अध्यक्ष ज्ञानेश्वर केसी लगाए बोलेका थिए । गैसस सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रेशम डिसीले गरेका थिए भने स्वागत मन्तव्य हरप्लेसका दिपेन्द्र शाहीले राखेका थिए ।

तस्बिरः मिना बुढाथोकी

प्रकाशित मिति : २०७६ साउन २९ गते बुधवार