• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

आफ्नै गाउँपालिकामा पुगेका कर्णालीका मुख्यमन्त्रीलाई लक्षित गरी बम विस्फोट


साउन २९, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम विस्फोट भएको छ । कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभा भइरहेको स्थान नजिकै बुधबार दिउँसो दुईवटा बम विस्फोट भएको हो।

बम बिस्फोट हुने स्थान मुख्यमन्त्री शाहीकै गाउँपालिका हो । मुख्यमन्त्री शाही पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटनका लागि बुधबार सुर्खेतबाट कालिकोट गएका थिए ।

विस्फोटकसले र किन गर्यो भन्ने विषयमा केहि जानकारी आउन नसकेको प्रहरीले जनाएको छ । तर विप्लव नेकपाले बिस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । बिस्फोटपश्चात घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो विस्फोटमा कुनै मानवीय क्षति नभएको जानकारी प्रहरीले दिएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ। यसअघि पनि मुख्यमन्त्री कालिकोट गएका बेला बम विष्फोट भएको थियो ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ साउन २९ गते बुधवार