• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा आज र भोली गाईजात्रा, यस्तो छ यहाँको विषेशता


 

साउन ३०, सल्यान । सल्यानमा आज बिहीबार र भोली शुक्रबार दुईदिन गाईजात्रा मनाइने गरेको छ । एकदिन मात्रै काठमाण्डौ उपत्यकामा मनाइने गाईजात्रा भन्दा भिन्नै तरिकाले सल्यानमा दुईदिन मनाइने गरेको छ ।

मरेका मानिसको आत्माको शान्ति साथै मोक्ष प्राप्तिका लागि मनाइने यस जात्राले सदरमुकाम खलंगामा रौनकता छाउने गर्दछ । आधुनिकतासँगै सल्यानमा गाईजात्रा पर्व दुई दिन मनाइन्छ । रक्षाबन्धनको दिनमा बुढी गाईजात्रा र भोलिपल्ट तरुनी गाईजात्रा निकाल्ने गरेको नेबार समुदायका जानकारहरु बताउछन् ।

यहाँको नेबार समुदायलाई यो जात्रा कहिलेदेखि मनाउन थालिएको हो भन्ने एकिन छैन । तरपनि सल्यानमा नेवार समुदायीले यसलाई विषेश पर्वको रुपमा लिने गर्दछ् । जिल्लाको सदरमुकाम खलंगा र श्रीनगरमा जात्रा निकालिन्छ ।

वर्षभरी मृत्यु भएकाको घरबाट निकालिने गाईजात्रा आज अप्राहन्न र भोली दिउँसो निकालीने खलंगा स्थित यस सम्बन्धी जानकार अधिवक्ता निरज श्रेष्ठले लेकाली अनलाइनलाई बताए । उनले भने, ‘सल्यानमा गाईजात्रा भिन्नै र विषेश खालको छ । यहाँ डोकोलाई सिंगारेर मृतक मानिसको फोटो टाँसेर प्रेत्यक घर तथा बजार परिक्रमा गरिन्छ ।’

त्यसैगरी डोको भित्र एक जना मानिसलार्ई राखेर उक्त मानिस चारैतिर नाच्ने पनि यो पर्वको विषेशता हो । डोकोमा रहेको मानिस सँगै अन्य चार जना बैरागीहरु पनि मादल अनि मुरलीको तालमा नाच्ने गर्दछन् । सल्यानमा यो पर्वको मुख्य बिशेषता र आकषर्ण भनेको ठुला ठुला मादल अनि मादलको तालमा नाचिने नाच र चिटिक्क सिंगारिएका बैरागी हुन । 

“ताउताउ खंताउ, खतनीकि धाउ, घिनताउ नघदाउ, हुइ हुइ , दे दे माता खान दे, रक्सीको बोतल हुइ हुइ…।” यो गीत सल्यानमा मादलको तालमा गाइने विशेष गीत हो ।

अधिवक्ता श्रेष्ठका अनुसार यो वर्ष खलंगामा जानकारीमा आएअनुसार २ जनाको मृत्यु भएको र २ ठाउँबाट जात्रा निकालिने छ । पुरानो बसपार्क देखि साहुटोलसम्म करिब ३ सय घरधुरी नेवार समुदायी रहेको र हजारौँ संख्यामा मानिसहरुले जात्रा निकाल्ने उनले बताए ।

खलंगा, श्रीनगरमा निकालिने जात्रामा नेवार समुदाय मात्रै नभएर बाहिरबाट आएका अन्य मानिसहरु पनि सहभागी हुने गर्दछन् । जात्रालाई शान्त र मर्यादित बनाउन यो वर्ष पनि विषेश सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाईजात्रा झैझगडा नगरेर मनाउन प्रहरीले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार