• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा विद्युत प्राधिकरणले एक वर्षमा ३ करोड ६२ लाख महशुल उठायो


साउन ३०, सल्यान । नेपाल विद्युत प्राधिकरण सल्यान वितरण शाखाले एक वर्षमा ३ करोड ६२ लाख राजश्व उठाएको छ । आर्थिक वर्ष २०७५÷०७६ को अवधिमा प्राधिकरणले आफुमातहतमा रहेका ग्रहाकबाट उक्क विद्युत महशुल संकलन गरेको हो ।

सल्यान शाखा अन्तरगत कुल १० हजार ५ सय २५ ग्रहाक रहेको प्राधिकरणमा अघिल्लो वर्षको भन्दा धेरै राजश्व संकलन भएको हो । विभिन्न वर्षको गरि अझै करिब १० लाख २९ हजार महशुल वक्यौता उठाउन बाँकी रहेको शाखा प्रमुख अर्जुन पोखरेलले बताए ।

लेकाली अनलाइन सँग कुरा गर्दै उनले भने, ‘अघिल्लो वर्षको भन्दा अहिलेको वक्यौता रकम कम हो, तरपनि अब त्यो रकम उठाउने तयारीमा छौँ ।’ लामो समयसम्म महशुल नबुझाएका ३० जना ग्रहाकलाई कालोसुचिमा राखिएको उनले बताए । जसबाट २ लाख १९ हजार रकम उठाउन बाँकी छ ।

प्राधिकरणले अहिले महशुल संकलनको लागी कपुरकोट र थारमारेमा घुम्ती सिविर संचालन गरेको जनाएको छ । कपुरकोटमा प्रत्येक महिनाको ७, ८ र २५ गते तथा थारमारेमा प्रत्येक महिनाको ११, १२ र २३ गते संकलन शिविर संचालन गरिएको छ । यो सँगै सदरमुकाममा रहेको कार्यालयमा नियमित र विभिन्न अनलाइन एप्लीकेसनबाट विद्युत महशुल संकलन हुनेगरेको शाखा प्रमुख पोखरेलले बताए ।

 

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार