• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

वडाध्यक्षलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको माला लगाए


साउन ३०, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कालोमोसो दलेर दुर्व्यवहार गरेको छ। विप्लव नेकपाका कार्यकर्ताले उनलाई बिहीबार वडा कार्यालयमा नै पुगेर कालोमोसो दलेका हुन् ।

उनीहरूले कालोमोसो दलेर र जुत्ताको माला लगाएका हुन् । वडामा विभिन्न विकास निर्माणको काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरूले कालोमोसो दलेको नेकपाका पोखराका एक नेताले जानकारी दिए।

वडामा आएको बजेट हिनामिना गरेको, राजस्व संकलनमा मनलाग्दी गरेको, आफन्तलाई छुट दिएर अरुबाट कर लिएको भनेर वडाअध्यक्षलाई त्यस्तो गरिएको नेकपाले बताएको छ।

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार