• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा यसरी मनाइयो गाईजात्रा (फोटो फिचर)


साउन ३०, सल्यान । सल्यानमा आज गाईजात्रा मनाइएको छ। आज बिहीबार सदरमुकाम खलंगा र श्रीनगर बजारमा नेवार समुदायले गाईजात्रा मनाएका हुन्।

सल्यानमा भोली शुक्रबार पनि यहाँका नेवार समुदायले गाईजात्रा मनाउने छन । एकदिन मात्रै काठमाण्डौ उपत्यकामा मनाइने गाईजात्रा भन्दा भिन्नै तरिकाले सल्यानमा रक्षाबन्धनको दिनमा बुढी गाईजात्रा र भोलिपल्ट तरुनी गाईजात्रा निकाल्ने गरेको नेबार समुदायका जानकारहरु बताउछन् ।

आजको गाईजात्रामा मरेका मानिसको आत्माको शान्ति साथै मोक्ष प्राप्तिका लागि मृत्यु भएकाको घरबाट जात्रा निकालिएको हो । खलंगामा निकालिएको जात्रामा  डोकोलाई सिंगारेर सल्यानका अगुवा शिक्षक स्वर्गीय बादलकुमार श्रेष्ठ सँगै दुई व्यक्तीको तस्बिर टाँसेर नयाँ बसपार्क, बैंक रोड, ठण्डी सडक पुरानो बसपार्क हुँदै डाँडागाउँसम्म आएर पुनः फर्किएको थियो ।

जात्रा श्रीनगरमा पनि निकालिएको थियो । सल्यानमा भोली पनि जात्रा निकालिने बताइएको छ ।

तस्बिरः खकेन्द्र केसी, मिना बुढाथोकी, नविन पौडेल

यो पनि पढ्नुहोस्ः सल्यानमा आज र भोली गाईजात्रा, यस्तो छ यहाँको विषेशता

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार