• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

प्रिय बन्दुक


प्रिय बन्दुक
तिमी कहा छौ,
तिम्रो शक्ति कहा छ,
यात हारको बदलामा होस या जितको खुसीमा होस

तिम्रो निशाना तानाशाह को तानाशाही सघ हुनुपर्छ
भ्रष्टाचारी घुसकुरे बैमानी गद्धार सग हुनुपर्छ

भ्रष्टाचारी को मात अनि
निर्नकुस तानाशाहीको लात,

आधी र हुरि वा तुफान
बिनासकारी प्रलय, यात महाभुकुम्प हौ तिमी
कसैले हराउदैन तिमिलाइ
किनकी तिमि ज्वालामुखी हौ।

तर बन्दुक
देशको  स्वाभिमान  असमिता बच्चाउँदा
मातृभुमी को कोख भित्र

पसेर न्यानो मायाँ गास्यौं
बिर गोर्खाली सबैलाई खुसि पार्‍यौ,

लूटेरा हरुलाई देशमा,बस्न नदीई बिदेशमा झार्‍यौ!
भ्रष्टहरुलाई खबरदारी गर्यौ

थाहा छैन कतीलाई लुट्पुटियौ
कतीलाई घरनघाटको बनिदियौ,

तिमी माथी अतभुत सक्ति चलेको बेला
सयौ मान्छेको एउटै चिहान बन्छ
ठूल ठुला  दाउराको चाङ जस्तै,
कयौ ठुला  पहाड पनी छिनमै भत्कीन सक्छन !

साचिकै तिमिमा अतभुत्त शक्ती पलायो भने अशम्भव केही छैन
ताकी तिमी देश बनाउन पनी सक्छौ
चाहे खरानी पार्न पनी

प्रिय बन्दूक
तिमी जती बेलापनी सल्बलाउछौ मलाई थाछ फेरी एउटा ईतिहास रच्ने बेला आको छ
गरीब दुखि जनका लागि
श्रमजीवीहरुको अधिकारको लागी।

हेर बन्दूक
तिमि भाग्यमानी हौ या होइनौ
त्यो समयले बताउने छ

तर
तानाशाही लाइ पराजित गर्ने तिम्रो सामर्थ्य

आज
देशभक्तिमा

सरीकभए झै लाग्छ,
तिम्रा साथिहरुले हरुले बोकेर हो,
धोखेबाज भ्रष्टहरुलाई
निसाना बनाएर

साच्चिकै हुरी बतास यमबुस बन्दै छौ ।
मलाई विश्वास छ प्रिय बन्दूक

प्रकाशित मिती २०७६ साउन ३० गते

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार