• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

कर्णाली प्रदेशका भौतिक मन्त्री पक्राउ, मन्त्री पदबाट पनि बर्खास्त गरियो


साउन ३०, काठमाडौं । बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्री पक्राउ परेका छन् ।

मन्त्री खत्रीलाई बिहीबार उच्च अदालत पाटनमा हाजिर बनाइएको हो । अदालती प्रक्रिया पुरा नभएपछि खधी प्रहरी हिरासतमा गएका छन् ।

मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने राजुप्रसाद श्रेष्ठ फरार छन् । कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले मंगलबार प्रतिवादी बनाइएका खत्रीलाई ३ दिनभित्र अदालतमा पश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो ।

मन्त्री पदबाट बर्खास्त 

पक्राउ परेलगतै कर्णाली प्रदेश सरकारले उनलाई मन्त्री पदबाट बर्खास्त गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई बर्खास्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव वुढाथोकीले जानकारी दिए ।

उक्त मन्त्रालयको जिम्मेवारी अब शाही आफैंले सम्हाल्नेछन् । संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हुन् ।

 

प्रकाशित मिति : २०७६ साउन ३० गते बिहिवार