• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

हेटौँडामा बस दुर्घटना एकको मृत्यु, १५ घाईते


साउन ३१, हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भएर सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्कीएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका सर्लाही रामपुर वोरहवा गाउँपालिका ५ बस्ने ५८ बर्षीय मुकेश शर्मा उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार