• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा धर्मप्रचार गर्दै हिड्ने दाङ र रोल्पाका ४ जना पक्राउ


साउन ३१, सल्यान । धर्मप्रचार गरेको अभियोगमा सल्यान प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । इसाई धर्म प्रचार गरिरहेको अबस्थामा प्रहरिले ३ महिला र १ पुरुषलाई बिहिबार पक्राउ गरेको हो।

जिल्लाको शारदा नगरपालिका १ शान्तीनगरमा जवरजस्ती धर्म प्रचार गर्दै हिडेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि बिरेन्द्र बहादुर शाहिले बताएका छन । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने तुल बहादुर परियार, सोहि ठाउँ निवासी रुपा सोनाम, घोराही उपमहानगरपालिका १५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका वडा नम्वर ६ निवासी भिम कुमारी विक रहेको प्रहरिले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट एकएक थान बाईबल सहित धर्म प्रचारका विभिन्न सामग्रीहरु समेत बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई जबरजस्ती धर्म परिबर्तन सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

थप अनुसन्धानको लागि आज जिल्ला अदालत सल्यानमा म्याद थपाई प्रक्रिया अगाडि बढाईने बताएको छ। मुलुकी फौजदारी अनुसार धर्मप्रचार गर्दै हिड्नेलाई  कम्तिमा ५ बर्षसम्म जेल र ५० हजार जपरवानाको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार