• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा डिएसपी ढकेन्द्र खतिवडा आउदै, बिरेन्द्र बहादुर शाहीको रुपन्देही सरुवा


साउन ३१, सल्यान । नेपाल प्रहरीले देशभर ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिहीबारको निर्णय अनुसार डीएसपीको सरुवा गरिएको हो ।

सरुवाअनुसार सल्यानमा डिएसपी ढकेन्द्र खतिवडा आउने भएका छन् । उनलाई प्रहरी प्रधान कार्यालयको विपद व्यवस्थापन महाशाखा कार्यालय प्रशिक्षक समुह सामशुशी काठमाडौंबाट सल्यान प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको हो ।

अहिले सल्यानमा प्रहरी प्रमुखको रुपमा रहेका डिएसपी बिरेन्द्र बहादुर शाही जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा भएर जाने भएका छन् ।

प्रहरी प्रधान कार्यालयको चलानी नं. ६३५ अनुसार साउन ३० गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरुवा गराइएको विषयमा पत्र काटेपनि कार्यक्षेत्रमा कहिलेदेखि जाने भन्नेबारे टुंगिएको छैन् । तर भाद्र महिनादेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता खाने निर्णय भएको छ ।

 

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार