• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

कर्णाली प्रदेशका मुख्यमन्त्रीले खोलामा गएर सलामी लिए


साउन ३१, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा पिर्कामा उभिएर सलामी लिएको तस्बिर अहिले सामाजिक संजालमा भाईरल भएको छ ।

बिहीबार गृहनगर पचालझरनाको लाफाखोलामै पिर्का राखेर उनले सलामी लिएका हुन् । खोला किनारको बगरमा रातो कपडाले बेरेको पिर्कामा उभिएर प्रहरी टोलीको सलामी उनले लिएका छन्।

गृहनगरमा उनलाई क्रान्तिकारी नेताका रूपमा लिने गरिएको थियो । तर उनले लिएको सलामीको भने अहिले सामाजिक संजालमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार