• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

मेरिगाेल्ड बाेर्डिङ स्कुलमा चित्रकला तथा सम्मान कार्यक्रम सम्पन्न


साउन ३१ , दाङ । तुलसीपुर नगर अन्तर्गत , अाधारभुत तह स्तरिय चित्रकला तथा सम्मान कार्यक्रम अाज मेरिगाेल्ड बाेर्डिङ स्कुल तुलसीपुर दाङमा सम्पन्न भएकाे छ ।

प्याब्सन केन्द्रीय सदस्य यादब गिरीकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा तुलसीपुर नगर क्षेत्रका २३ निजी विद्यालयकाे सहभागिता रहेकाे थियाे ।

जस्मा गाेर्खा माविकी छात्रा भूमिका बिक पहिलाे स्थान हासिल गर्न सफल भइन् भने सप्तरङ्गी ईङ्गलिस स्कुलका छात्रा ऋषीकेश बाेहाेरा दाेस्राे ,तुलसि अावासिय माविका हरी परियार तेस्राे र श्री दीप सेकेन्डरी ईङ्गलिस स्कुलका छात्र अच्युत बस्नेत सान्त्वना भएका थिए । साथै २०७५ सालकाे see परीक्षामा संलग्न भई सर्वाेत्कृष्ट जी पि ए ल्याउने छात्र छात्राहरुलाई सम्मान गरिएकाे थियाे ।

सम्मानित हुनेमा श्री अमर ईङ्गलिश स्कुलका अनुप बुढाथाेकी र मन्जिल रिजाल,तुलसी अावासिय माविका अादर्श कडेल , श्रीया पाैडेल र अादर्श चन्द , गाेर्खा माविका कुसुम भट्टराई शर्मा रहनु भएकाे छ ।

प्याब्सन तुलसिपुरका अध्यक्ष गिरीराज केसीकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्याब्सन दाङका उपाध्यक्ष मधुसुधन केसि लगायत विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष डम्बर डाँगीले स्वागत गर्नुभएकाे थियाे भने सहजिकरण सचिब विष्णु याेगीले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार