• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

नेकपा कर्णाली प्रदेशको सह-इन्चार्जमा ३ जना, सल्यानबाट प्रकाश ज्वाला बने


साउन ३१, सल्यान । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता प्रकाश ज्वाला नेकपा कर्णाली प्रदेशको सह–इन्चार्ज बनेका छन् । नेकपाको आज बालुवाटारमा सम्पन्न सचिवालय बैठकले ज्वालालाई कर्णाली प्रदेश सह–इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सल्यान प्रदेशसभा ख बाट निर्वाचित ज्वाला अहिले कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका छन् । ज्वाला तत्कालिन नेकपा एमालेको सल्यान जिल्ला कार्यालय सचिव, केन्द्रीय सदस्य, पार्टीको राप्ती अञ्चल ईन्चार्ज हुदैँ नेकपा एमालेको पोलिटब्युरो सदस्य समेत बनेका हुन् ।

सल्यानको देवस्थलमा वि.स.२०२३ साल मंसीर १३ गते जन्मिएका ज्वाला २०५६ सालको संसदीय निर्वाचनमा सल्यान क्षेत्र नं. १ बाट र २०७० सालको निर्वाचनमा सल्यान क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

ज्वाला संगै आजको सचिवालय बैठकले नेकपा कर्णालीको सहइन्चार्जमा कालिबहादुर मल्ललाई पनि तोकेको छ । अब नेकपा कर्णाली प्रदेशको सहइन्चार्जमा यसअघिका सहइन्चार्ज यामलाल कडेलसँगै ३ जना भएका छन् । नेकपाको कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा रहेका छन् ।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार