• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

मेरो कलम


निस्तब्ध सुतिरहेको मेरो  कलम लाई
अब पटक्कै बिउझाउन मन छैन
उसको पेट थिचेर आफ्नो मनको पाना
पटक्कै   सजाउन    मन छैन

धेरै पटक उसको मसि बगाएर
मन पखाल्दा पनि फेरि तिनै अक्षर हरु
अमुर्त मा  उसैगरी प्रश्नहरु बनेर आउछन
जसको उत्तर मेरो कलमले लेख्नै सकेन

सम्झना को अतित कहिले सपना बन्छ
आखामा त्यही ममता सयपत्री बनेर फूल्छ
म एक यात्री, उनको बिछोड को तिर्खा
मेरो कलम ले मुल बगाएर  लेख्नै  सकेन

सायद  मेरो प्रेम लेख्ने मसी थिएन कलम भित्र
त्यसैले मेरो जिबनको ब्याकह्याइट जिन्दगिमा
उन्नका रंगिन  मुस्कान हरु  कहिलेइ कोरिएनन

धेरै पटक कलम लाई मनको कुरा लेख्न लगाए
कलमको मसिले शब्दका फुलहरु सजाए
जसरि  बगैचामा फुलहरु रोपिएको हुन्छ

उनीलाई अटाउन  जिन्दगिमा
किताबमा थुप्रै पाना हरु थपे
तर मेरा पाना हरु मा उनको उपस्थिति देखिएन

बल्ल थाह पाए कुनै कलम ले
उनको जिबन को बयान त कतै गरीसकेछ।
अक्सर म जिन्दगिका पानाहरुमा
उनलाई लेख्न खोजिरहे

फगत अघोर सुतिरहेको निरहि
मेरो कलम लाई बियूझाउन खोजीरहे

प्रकाशित मिती २०७६ साउन ३१ गते

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार