• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको कपुरकोटमा शुक्रबार किसानले तरकारी कति मुल्यमा बेचे ?


साउन ३१, सल्यान । सल्यानको सबैभन्दा ठूलो तरकारि बजार कृषि उपज बजार केन्द्र कपुरकोटमा शुक्रबार टमाटर प्रतिकिलो ५० देखि ६५ रुपैयाामा विक्रि भएको छ । किसानले शुक्रबारको तरकारि बजारमा बन्दा गोभी ३५ देखि ३८, फुल गोभी ३० देखि ३५ र घिउ सिमी २० देखि ३० रुपैयाँ प्रतिकिलोमा विक्रि गरेको कृषि उपज बजार केन्द्रले जानकारि दिएको छ ।

यस्तै काँक्रो २० देखि २५, हरियो खुर्सानी ३० देखि ४० र डल्लो खुर्सानी ९० देखि १०० रुपैयाँ प्रतिकिलोमा विक्रि भएको बजार केन्द्रले जनाएको छ । मुला प्रतिकिलो २५ देखि ३० रुपैयाँमा किसानले विक्रि गरेका छन् भने भान्टा २० देखि ३५, साग २० देखि २५ र अदुवा १३० देखि १४० मा विक्रि भएको जनाइएको छ ।

कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारि बजार लाग्ने गर्दछ । अन्य दिनमा गाउँगाउँमा रहेका तरकारि संकलन केन्द्रमा पनि किसानहरुले बयापारिहरुलाइ तरकारि विक्रि गर्ने गर्दछन् ।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार