• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

तरकारीमा नेपालको प्रख्यात ठाउँ ‘कपुरकोट’ (फोटो फिचर)


साउन ३२, सल्यान । कपुरकोट सल्यानको एउटा प्राकृतिक सम्पदाले भरिपुर्ण ठाउँ हो । सल्यानको दक्षिण भागमा रहेको कपुरकोट गाउँपालिका भित्र साविकका धनबाङ, रिम र सारपानी गर्पा गाविस पर्दछन् ।

दाङ र रोल्पा सँग सिमाना जोडिएको कपुरकोटमा अग्ला डाँडाकाँडबाट देखिने दृश्यले जो कोहि को पनि मन रोमाञ्चित बनाउछ । यी डाँडाहरुबाट दाङको समथर फाँटहरु सँगै चुरे पर्वतको भाग र सल्यान तथा रोल्पाका धेरैजसो भु–भाग देख्न सकिन्छ । सल्यान, रुकुम र रोल्पाको प्रबेशद्धारमा रहेको कपुरकोटमा गर्मीयामको समयमा रुखमै आएर काफल खानको लागी धेरै जसो भ्रमण आउने गर्दछन् ।

कपुरकोटको विषेश भनेको यहाँको तरकारी हो । बेमौसमी तरकारीमा कपुरकोट नेपालको प्रख्यात ठाउँ मानिन्छ । यहाँका किसानहरुले टमाटर, बन्दा, सिमी, बोडि, भेडे खुर्सानी, मुला, भण्टा, काउली लगायतका बेमौसमी तरकारीहरु उत्पादन गर्दछन् ।

यहाँ उत्पादन हुने बेमौषमी तरकारी नेपालका काठमाडौं, पोखरा, नारायगढ, बुटवल, नेपालगञ्ज, धनगडी, दाङ, भारतको नखलौँसम्मको सहरमा पुग्ने गरेको छ । यहाँका किसानले जेठ देखि मंसिर सम्म बेमौसमी तरकारी उत्पादन गर्ने गर्दछन् ।

कपुरकोटबाट मात्रै एक वर्षमा ४० करोड भन्दा बढीको तरकारी निकासी हुने गर्दछ । राप्ती राजमार्गमा रहेको कपुरकोट गाउँपालिकाको केन्द्र कपुरकोट बजारमा प्रत्येक हप्ताको मंगलबार र शुक्रबार तरकारी हाटबजार लाग्ने गर्दछ ।

 

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार