• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ: प्रचण्ड


साउन ३२? काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन् । उनले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको बताएका छन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अब एकता सुदृढ नभए देश सफल नहुने र कम्युनिस्ट आन्दोलन पनि सफल नहुने बताए । प्रचण्डले कतिपय बिषय पार्टी एकता र पार्टी बलियो बनाउनका लागि गरिएको प्रष्ट पारे ।

उनले भने, ‘कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभुति हुन थालेको छ, कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको छ।’ उनले कम्युनिष्ट पार्टीका लागि अहिले केही गर्ने अबसर र चुनौती रहेको बताए।

विकास निर्माण र समृद्धिका लागि काम गर्न नसके इतिहासले धिकार्ने उनको भनाइ छ। यस्तो अबसर पटकपटक नआउने उल्लेख गर्दै उनले सरकारको कामलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए।

प्रकाशित मिति : २०७६ साउन ३२ गते शनिवार