• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

‘काँग्रेस पार्टी नै होइन, उप चुनावमा नेकपालाई जिताउनुहोस्’ : माधव नेपाल


साउन ३२, पोखरा । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेस र मधेश केन्द्रित दल पार्टी नै नभएको संघ्या दिदै उसको अस्तित्वमाथि नै प्रश्न चिह्न खडा गरेका छन् । नेता नेपालले शनिबार पोखरामा कांग्रेस र मधेशी दल पनि पार्टी हुन् र ? भन्दै संशय व्यक्त गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । सोही कार्यक्रममा नेता नेपालले नेपाली राजनीतिमा कम्युनिष्ट पार्टी बाहेक अरु कसैको विकल्प नभएको समेत दाबी गरे ।

उनले मंसिर १४ गते हुन् लागेको उप निर्वाचनबारे नेता नेपालले जो कोही उम्मेदवार उठे पनि नेकपालाई नै जिताउनुपर्ने भनाई राखे । ‘उमेदवार जो उठे पनि नेकपालाई नै जिताउनुपर्छ,’ उनले भने, ‘पार्टीले विचार गरि सकेपछि त्रुटि नै भए पनि दायाँबायाँ नगरि पार्टी जस्लाई उठाएको छ । उसैलाई जिताउँन लाग्नुपर्छ, निर्वाचनको समय रिस पोख्ने बेला होइन ।’

‘कम्युनिष्ट पार्टीलाई गतिलो बनाएर लै जाने बाहेक अरु केही विकल्प छैन,’ उनले भने, ‘हामीले धेरै उतार चढाब पार गरि सकेका छौं । पार्टी एकतादेखि विभाजनसम्मको पिडा पनि भोगि सकेका छौं । अब, पार्टीलाई गतिलो बनाएर जानुको विकल्प छैन ।’ पार्टीको सर्कुलर पालना गरे सबैलाई न्याय हुने समेत उनको धारणा छ ।

प्रकाशित मिति : २०७६ साउन ३२ गते शनिवार