• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यान आम्राका युवाहरूले भेरी नदिमा पौडी खेलेर भेल पर्व मनाए (फोटो फिचर)


इन्द्र बुढाथोकी/ भाद्र १, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ अम्राका स्थानीय युवाले भाद्र १ गतेलाई भेल खेल्ने चाडका रूपमा मनाएका छन् । देवस्थलको बनगाड खोलाको मोड देखि अम्रा सम्म ३ किलोमीटर भेरी नदिमा पौडी खेलेर अम्राका २०/२५ जना युवाहरूले पौडी खेलेर घ्युया सक्रान्ति तिहार अथवा पौडी खेलने पर्व सधैका वर्ष जस्तै यस वर्ष पनि मनाएका हुन् ।

स्थानीय युवा दोर्ण यरिका अनुसार चाडपर्वको आगमन जनाउने यो चाड परम्परागत रुपमा मनाइदै आएको छ । हरेक वर्षको भाद्र १ गते दिनका उक्त गाउँमा भुई छोड्ने भनेर युवाहरु भेल खेल्ने र महिला तथा बालबालिका जंगल पुगेर पिंङ्गको लागि कैयार (खर) काटेर ल्याउने चलन रहेको छ ।

कोहि जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पिंङ्ग खेलेर रमाईरहेका थिए । जंगलबाट काटेर ल्याएको कैयार (खर) बुढापाका र युवाले संयुक्त रूपमा बाटेर पिंङ्ग निर्माण गरिन्छ । भेरीमा युवाहरुले भेल खेल्दा पुन्य प्राप्ती हुने धार्मिक विश्वास समेत रहेको यरीको भनाई छ ।

पछिल्लो पुस्ताले भेल खेल्ने पर्वलाई विर्षिए पनि बुढापाकाहरु अझै भने यसको महत्व निकै रहेको बताउने गरेका छन् । अम्राका स्थानीय वृद्धहरुका अनुसार पहिले पहिले टाढाटाढाबाट भेरीमा भेल खेल्ने आउने गरेको वताए । तर आज भोलि यो पर्वलाई खासै महत्व नदिएको उनीहरुको भनाई छ ।

भाद्र संक्रान्तीका दिन मनाइने यो पर्वको धार्मिक महत्व रहेको जनाएको छ । विगत जस्तै यसपाली पनि भेरी नदिमा भेल खेल्नको लागि देवस्थलको बनगाड खोलाकोमोडबाट भेल खेल्दै स्थानीय युवाहरु ठिग्नी र अम्रा नजिकै उत्रेका थिए ।

उलिर्दो भेरीको भेलमा धेरै युवाहरु कम्मरमा ‘चिन्ना’ वाँधेर उक्त भेलमा पसेका थिए । ठुलो युवा जमात लहरै लागेर उर्लिदो भेरी नदिमा डुवुल्की मार्दै उनिहरु भेलमा आनन्द लिरहेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र १ गते आइतवार