• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

विप्लव नेकपाले सल्यानका जनपरिषद् प्रमुखलाई पार्टीबाट निष्कासन गर्यो


भदौ २, सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला जनपरिषद् प्रमुखलाई उक्त पार्टीले पार्टीबाट निष्कासन गरेको जनाएको छ ।

पार्टीका जिल्ला सदस्य तथा जिल्ला जनपरिषद् प्रमुख रहेका मोहनलाल केसी ‘प्रतिक’लाई पार्टीबाट कारबाही स्वरुप निष्कासन गरिएको नेकपा सल्यानले जनाएको छ । नेकपा सल्यानका सेक्रेटरी लोक्पालले सोमबार एक विज्ञप्ती जारी गर्दै पटक पटक गम्भीर सास्कृतीक बिचलन, आर्थिक बिचलन, संगठनीक अराजकताका कारण जनपरिषद् प्रमुख ‘प्रतिक’लाई कारबाही गरिएको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘कारबाहीकै प्रकृया स्वरुप निलम्बन र स्पष्टीकरण गर्ने निर्णय बैठकबाट भई बोलाइएको हुँदा उहाँले भ्रमपुर्ण प्रचार स्वरुप सामाजिक संजालहरुमा भ्रमपुर्ण तरिकाले पार्टी छोडेको भन्दै भ्रमपुर्ण तरिकाले सार्वजनिक भैरहेको हुँदा निज मोहनलाल केसी ‘प्रतिक’लाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि कारबाही गरिएको जानकारी गराउदछौँ ।’

त्यस्तै नेकपा सल्यानले आफ्नो पार्टी जनताको राज्य सत्ता वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको सत्ताको निम्ती अगाडी बढिरहेको जनाएको छ । सोहि प्रकृया अनुसार दलाल पुजिवादी राज्य व्यवस्था र वैज्ञानिक समाजवादी राज्य व्यवस्था बिचको भीषण संघर्ष चलिरहेको नेकपा सल्यानले उल्लेख गरेको छ ।

 

उता मोहनलाल केसी प्रतिकले फेसबुकमा दुईवटा स्टाटस राख्दै अलबिदा राजनिती लेखेका छन् । अर्को स्टाटसमा उनले लेखेका छन्, ‘एकीकृत जनक्रन्तिमा जति सकियो तेति गरियो, स्वास्थ्य स्थिति बिग्रेपछी समपुर्ना जिम्मेवारीबाट राजिनामा गरियो र सोतन्त्र रहि उपचार गर्ने निर्णय गरियो । न कसैलाई दोष दिनु छ, न कसैको डर धम्कीमा राजनिती गर्नुछ । आफ्नो बिचार लाई कुन्ठित गर्ने कसैको अधिकार छैन।’

 

प्रकाशित मिति : २०७६ भाद्र २ गते सोमवार