• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा विप्लव नेकपाको ब्यानर छापेको भन्दै एक व्यापारी पक्राउ


भदौ ३, सल्यान । सल्यानमा विप्लव नेकपाको व्यानर छापेको भन्दै एक व्यापारी पक्राउ परेका छन् । जिल्लाको श्रीनगरमा केसी डिजिटल आर्ट संचालन गरेर व्यापार गर्दै आएका हरी केसीाई प्रहरीले विप्लव नेकपाको व्यानर छापेको भन्दै पक्राउ परेको हो ।

उनलाई सोमबार कामकै सिलसिलामा पसलबाटै पक्राउ गरिएको हो । केहिदिन अघि नेकपाले छत्रेश्वरीको लान्तीमा जग्गा कब्जा गरेको ब्यानर र झण्डा छापेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सल्यान प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले अनुसन्धानका लागि पक्राउ गरिएको बताएका छन् । उनले भने, “यदि थाहा हुदाहुदै अपराधिक क्रियाकलापमा चाहिने सामाग्री निर्माण गर्छ भने त्यो पनि अनुसन्धानको दायरामा आउछ ।” विप्लव समूहमा प्रतिबन्ध लगाएको थाहा पाउदापाउदै झण्डा, व्यानर गराउने व्यक्तिलाई अनुसन्धानमा ल्याइन्छ ।”

यसरी सरकारद्वार प्रतिबन्धीत नेकपालाई सामान बेच्ने व्यापारीलाई पक्राउ गरिएपछि जिल्लाका अन्य व्यापारीहरु पनि सशंकित भएका छन् । श्रीनगर स्थित एक व्यापारीले भने, ‘हाम्रो पसलबाट पनि विप्लवका कार्यकर्ताहरुले सामान किन्छन् । अब हामी उनीहरुलाई सामान बेच्ने कि नबेन्चे हामीलाई पनि डर भयो ।’

यता सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर चलाउनेले यस विषयमा आफ्नो बैठक बस्न लागेको र सिडियो तथा डिएसपीलाई भेट्ने तयारी भएको बताए । उनले भने, ‘हामी उहाँहरुलाई भेट्न सदरमुकाम जाँदै छौँ, त्यसपछि मात्रै हाम्रो आधिकारीक धारण आउछ ।’

सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि सामान बेच्ने तथा ब्यानर प्रिन्ट गर्ने व्यापारी पक्राउ परेको यो पहिलो घटना हो । यसरी नै शंकटकालमा तत्कालिन माओवादीलाई सामान बेन्चे व्यापारीलाई सेनाले आफ्नो नियन्त्रणमा लिने गर्दथियो ।

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार