• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

दाङमा एलसेल टावरमाथी आगजनी


पुर्ण केसी/ भदौ ३, दाङ । दाङमा पनि एक एनसेल टावरमा आगजनी भएको छ । जिल्लाको शान्तिनगर गाउपालीकामा रहेको एक टावरमा अज्ञात समुहले आगजनी गरेको दाङ प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारहरुमा क्षति पुगेको छ ।

टावरमा आगो लगाउने समुहको खोजि भईरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार