• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सगरमाथाको नाम अंग्रेजीमा हैन् नेपालीमा भन्नुपर्छः प्रधानमन्त्री ओली


भदौ ३, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली नामबाटै सगरमाथा र गैंडालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्ने बताएका छन् ।

राजधानीमा सोमबारबाट सुरु भएको एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको ५६ औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपालको सगरमाथा र गैंडालाई अंग्रेजी नामबाट हैन नेपाली नामबाटै चिनाउनुपर्ने बताए। ओलीले भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज।’

नेपाली नामलाई प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले सगरमाथालाई पनि ‘माउन्ट एभरेस्ट नभनेर सगरमाथा नै भन्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘विश्वकै आकर्षण मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइन्छ। विश्वको सार्वोच्च शिखर सगरमाथा नेपालमा मात्रै छ। यसर्थ पनि नेपाली नामलाई नै प्रयोग गर्नुपर्छ।’

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार