• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

रवि लामिछानेलाई केही भए प्रधानमन्त्रीलाई नछाड्ने भन्दै फेसबुक लाईभ गर्ने युवक पक्राउ


भदौ ३, काठमाडौं । प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट पक्राउ परेका छन् ।

ती व्यक्तिले नाङ्गो खुकुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई नछाड्ने धम्की दिएका थिए। प्रहरीका अनुसार फेसबुक लाइभमा ती व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्दै मार्ने धम्की दिएका थिए।

फेसबुक लाइभका क्रममा उनले सबै नेतालाई काट्छु, मार्छु भन्दै खुकुरी देखाएका थिए । अपशब्दसमेत प्रयोग गरेकाले ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार