• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा एसईईको पुरक परिक्षा दिन आएका विप्लव नेकपाका विद्यार्थी गिरफ्तार


भदौ ३, सल्यान । सल्यानमा एसईईको परिक्षा दिन आएका विप्लव नेकपाका विद्यार्थी गिरफ्तार भएका छन् । जिल्लाको बागचौर नगरपालिका ५ निवासी महेश कुमार विकलाई एसईईको पुरक परिक्षा (ग्रेड वृद्धि) दिन श्रीनगर आएको बेला प्रहरीले सोमबार साँझ गिरफ्तार गरेको हो ।

गिरफ्तार परेका उनि सो पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका सल्यान जिल्ला सदस्य हुन् । उनलाई मंगलबार विहान प्रहरीले आफ्नो निगरानीमा शिवजन मावि श्रीनगरमा लिएर परिक्षा गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले बताए ।

उनि सँगै अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानका जिल्ला सदस्य सुरेश भारती पनि पक्राउ परेका छन् । उनलाई आफ्नै कोठाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

केहिदिन अघि खैराबाङ मन्दिरको छत्रेश्वरी गाउँपालिका ६ लान्तिमा रहेको जग्गा कब्जा गर्ने ब्यानर टाँसेको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुले विभिन्न व्यापारी तथा व्यवसायीहरुलाई आर्थिक सहयोगका लागी पत्र दिई चन्दा संकलन कार्यमा संलग्न भएको प्रहरीको अरोप छ ।

उक्त व्यानरको छपाई काम गरेको भन्दै श्रीनगर स्थित केसी डिजिटल आर्टस्का संचालक हरी केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । तीनै जनालाई अहिले जिल्ला प्रहरी सल्यानको हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

आफ्नो नियमित काम गर्ने व्यापारीलाई पक्राउ गरिएको भन्दै केही व्यापारीहरुले सामाजिक संजालमा विरोध जनाएका छन् ।  श्रीनगर स्थित एक व्यापारीले भने, ‘हाम्रो पसलबाट पनि विप्लवका कार्यकर्ताले सामान किन्छन् । अब हामी उनीहरुलाई सामान बेच्ने कि नबेच्ने ? हामीलाई पनि डर भयो ।’ यस विषयमा सल्यान उद्योग वानिज्य संघको भने अहिलेसम्म आधिकारीक धारण आएको छैन् ।

यो पनिः सल्यानमा विप्लव नेकपाको ब्यानर छापेको भन्दै एक व्यापारी पक्राउ

यसैबिच अखिल क्रान्तिकारी सल्यानले एक प्रेस विज्ञप्ती जारी गर्दै खुल्ला र वैज्ञानिक मोर्चामा विद्यार्थी हुँदाहुँदै प्रहरीले झुटा मुद्दा लगाएको जनाएको छ । संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले एक विज्ञप्ती जारी गर्दै आफ्ना विद्यार्थीलाई अपहरण शैलिमा गिरफ्तार गरिएको भन्दै रिहाईको माग गरेका छन् ।

यो पनिः सल्यानमा विप्लव नेकपाका एक विद्यार्थी कार्यकर्ता गिरफ्तार

यस्तो छ विज्ञप्ती

प्रकाशित मिति : २०७६ भाद्र ३ गते मङ्गलवार