• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

नवलपरासीको ज्यामिरेमा ट्रक पल्टिँदा एक जनाको मृत्यु


भदौ ४, नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ज्यामिरेमा आज बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा परेर एक जना घाइते भएका छन । बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय आरजे ०५ जिबी ४१६७ नंको ट्रक दुर्घटनामा परेको हो ।

अनियन्त्रित भई ट्रक सडकछेउ नजिकैको बिजुलीको पोलमा ठोक्किएर सडकदेखि करीब २० मिटर तल खस्दा चालक भारत उत्तर प्रदेश जोगरा बस्ने ३५ वर्षीय सुल्ताङ सिंहको मृत्यु भएको हो ।

सुल्ताङको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।

दुर्घटनामा परेर घाइते भएका सहचालक ३१ वर्षीय जोगेन्द्र सिंहको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार