• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दाङको अर्जुनखोलामा बेवारिसे शव फेला


ओमप्रकाश गुप्ता/ भदौ ४, लमही । दाङको देउखुरीमा बेवारिसे शव फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ६ अर्जुनखोला घाटमा बुधवार अन्दाजी ४५ बर्षिय बेवारिसे शव फेला परेको हो ।

जंगल हिड्ने स्थानियले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा वडा प्रहरी कार्यालयको टोली पुगेको थियो । शव कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिएका छन् ।

शवको पोष्टमार्टमका लागि तयारी थालिएको प्रहरीले बताएको छ । शव माथीबाटै बगाएर आएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार