• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

शिवजनको क्याम्पस सभा र भवन उद्घाटन: के भन्छन् बस्नेत र ज्वाला ?


भदौ ४, सल्यान । शिवजन क्याम्पस सितलपाटी सल्यानको शैक्षिक भवन उद्घाटन र दोस्रो क्याम्पस सभा बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेत, सल्यान प्रदेश सभा (ख) का सांसद तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्ट, उपप्रमुख हरि बहादुर बुढाथोकी, शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएतको सहभागीता रहेको थियो ।

कुल ५१ लाख १६ हजार ८ सय ६७ रुपैयामा निर्माण भएको शैक्षिक भवनको उद्घाटन सांसद बस्नेत, ज्वाला दुवैले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा जनप्रतिनिधीको तर्फबाट भन्दै प्रमुख अतिथीमा प्रतिनिधि सभाको नेतृत्व गर्ने सांसद बस्नेताई बनाइएको थियो ।

गुणात्मक ढङगले शैक्षिक सस्था सुधार गर्नुपर्छ : बस्नेत 

प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले सल्यानमा गुणात्मक ढङगले शैक्षिक संस्था सुधार गर्नुपर्ने बताएका छन् । जसको लागी श्रम गर्ने श्रम प्रतिको सम्मान गर्नुपर्ने उनले बताएका हुन् । उनले शैक्षिक संस्था र पठन पाठनमा गुणात्मक सस्कार बसाले मात्र परिणाम राम्रो निस्कने बताए ।

पढ्नको लागी हरेक विद्यार्थी बाहिर जाने भएकाले अब गुणस्तरीय शिक्षा र विभिन्न प्राबिधिक विषयहरु जिल्लामै संचालन गर्नुपर्ने उनको भनाई छ ।

प्राबिधिक विषयलाई जोड दिनु पर्छ : ज्वाला

मन्त्री प्रकाश ज्वालाले शिक्षा विषयलाई मात्र नभएर प्राबिधिक विषयलाई पनि जोड दिनु पर्ने बताए । सल्यान जिल्लाको विशेषता कृर्षि भएकाले विभिन्न प्राबिधिक विषयलाई जोड दिनु पर्ने उनको भनाई छ ।

िजागीर खान मात्र नभएर विभिन्न प्राबिधिक विषय पढाएर जनशक्ति उत्पादन गरी जिल्लामै केही गर्न सक्ने क्षेमता बनाउनु पर्ने उनको जोड छ । विभिन्न विषयका प्राबिधिक विषय अध्यन गरी रोजगार मुलक, व्यवसाय मुलक, सिप मुलक शिक्षा दिन आवश्यक रहेको उनले बताए ।

शैक्षिक संस्था बनाउने काम सरकारी निकायको मात्र नभएर सबैले सबै क्षेत्र बाट सोच्नु पर्ने उनको भनाई छ । शैक्षिक संस्था भित्र राजनितिक नभएर शिक्षाको मन्दिर बनाउन मन्त्री ज्वालाले आग्रह गरे ।

 

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार