• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सल्यानको निराजन माविले ‘पशु उपचार केन्द्र’ संचालनमा ल्यायो


भदौ ४, सल्यान । सल्यानको शिद्धकुमाख गाउँपालिका ३ ढोरचौरमा रहेको निराजन माविले पशु उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । पशु उपचार केन्द्रको बुधबार शिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, ३ नं. वडाध्यक्ष शालिकराम बुढाथोकी, वि.व्य.स. अध्यक्ष हुमलाल सुनार, प्र.अ. धर्मराज घर्ति लगाएतको उपस्थितिमा उद्घाटन गरिएको हो ।

निराजन माविले यसै वर्ष देखि मावि तहको प्राविधिक धारमा पशु विज्ञानको पढाइ सुरू गरेको हो । उद्धाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले अब किसानहरुले सस्तो मुल्यमा भेटनरीको सेवा लिने भन्दै खुसी व्यक्त गरे । पशु उपचार केन्द्रले पशुपालनको क्रममा देखा पर्ने समस्याहरू हटाउन महत्वपुर्ण भुमिका खेल्ने भन्दै उनले यसको लागी गाउँपालिकाले पनि सहयोग गर्ने बताए ।

करिब ३ लाखको लागतमा भेटनरि सेवा सुरु गरिएको प्रअ धर्मराज घर्तिले बताए । जिल्लामै नभएको विशेषज्ञ डाक्टर आफ्नो विद्यालयको भेटनरीमा राखिसकेको उनले बताए ।

किसानहरुलाई सस्तो मुल्यमा सेवा सँगै विद्यार्थीहरुले प्राविधिक ज्ञान सिक्नको लागी यो संचालनमा ल्याइएको उनले बताए । अब छिटै ल्याप पनि संचालनमा ल्याउने उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ भाद्र ४ गते बुधवार