• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

विप्लव नेकपा सल्यानले किन गर्यो दुईपेज लामो विज्ञप्ती सार्वजनिक ?


भदौ ५, सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लामा सरकारी दमन बढेको भन्दै एउटा प्रेस विज्ञप्ती जारी गरेको छ । उक्त पार्टीका जिल्ला सेक्रेटरी लोक्पालले बुधबार जारी गरेको दुईपेज लामो विज्ञप्तीमा पार्टी जनवर्गीय संगठनका विभिन्न मोर्चामा गरि विभिन्न समयमा करिब २ दर्जन नेता–कार्यकर्ता गिरफ्तार गरिएको भन्दै आक्रोश जनाएको छ ।

गिरफ्तारमा परेकाहरुलाई झुट्टा मुद्दा लगाउने, चर्को धरौटी अशुल्ने कार्य प्रशासनले गरेको नेकपाले जनाएको छ । नागनागरिक स्वतन्त्रताको खिल्ली उडाउँदै राणा, पञ्चायत र शाहिकालीन झल्को दिदै ब्यानर प्रिन्ट नाममा व्यापारीलाई पक्राउ गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको नेकपाले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘व्यापारी, विद्यालय पढ्ने, परिक्षाको तयारीमा रहेका विद्यार्थीहरु गिरफ्तार गरि नाङ्गोमा केपी–पिकेका अन्धभक्तहरु उत्रिएका छन । यस्तो हर्कत नरोके सशक्त प्रतिरोध गर्ने, केन्द्र, प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरु गाउँ प्रवेशमा निषेध गर्ने, जिल्ला बन्द गरिनेछ ।’

नागरिक स्वतन्त्रता र मानव अधिकार विरोधी हर्कत रोक्न नेकपाले प्रशासनलाई चेतावनी दिएको छ । ‘दमनको पर्दाफासमा उत्रिन आम जनसमुदाय, पत्रकार , विद्यार्थी साहित्यकार, उद्योगी, व्यवसायी मानवअधिकारवादी हरुमा अपिल गर्दछौं ।’, विज्ञप्तीमा भनिएको छ ।

हिरासत रहेका बन्दिहरुको रिहाइको माग गर्दै विप्लव नेकपाले संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअन्तरगत भाद्र ५ गते प्रचारप्रसार, ६ गते कोणसभा–भणडाफोर–अन्तरक्रिया र ७ गते मसाल जुलुसको कार्यक्रम तय गरिएको विज्ञप्तीमा जनाइएको छ ।

यस्तो छ विज्ञप्तीको पुर्ण पाठ 

हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी अहिले एकीकृत जनक्रान्तीको सफल कार्यनयन गर्दै दलाल पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादी राज्य व्यवस्था निर्माणको महाअभियानमा निति, कार्यक्रम र योजना सहित अगाडि बढिरहेको छ । 

आदरणीय जनसमुदाय दलाल पुजीवादी संसदीय व्यवस्था विश्व बजारमा र नेपालमा भ्रष्टाचार, तस्करी, बढ्दो राष्ट्रघात, बेरोजगारी, हत्या, हिंसा र बलात्कारका कारण मरासन्न अबस्थामा पुगेको छ । दलाल पुजीवादी व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थाको मोर्चाबन्दी प्रतिरोधात्मक तरिकाले कसिलो बन्दै एकीकृत जनक्रान्ती सफल कार्यनयन तिर गइरहेको छ । जनताको मुक्तिको आवाज न्यायका निम्ति संघर्ष गरिरहेको पार्टी माथि प्रतिबन्ध, गिरफ्तार र मुडभेटका नाममा हत्यामा संलग्न भई केपी–पिके फाँसीवादी हत्यारा सरकारको चरित्र नाङ्गो फाँसीवादी तरिकाले पर्दाफास भइरहेको छ । जनताले लामो समयदेखि गरेको त्याग, बलिदानबाट प्राप्त उपलब्धी गुमेर समाप्त भएका छन ।

सोहि क्रममा सल्यान जिल्लामा पनि हामीले पार्टीको निति कार्यक्रम सञ्चालन गरिरहेका छौ । संघर्षहरु जनताको तहबाट भएका छन । सल्यान जिल्लामा मात्र पार्टी जनवर्गीय संगठनका विभिन्न मोर्चामा गरि विभिन्न समयमा करिब २ दर्जन कमरेड हरु विनाकारण गिरफ्तारी गर्ने, झुट्टा मुद्दा लगाउने, चर्को धरौटी अशुल्ने कार्य निन्दनीय प्रकारले केपी प्रशासनले गरिरहेको छ । नागरिक स्वतन्त्रताको खिल्ली उडाउँदै राणा, पञ्चायत र शाहिकालीन झल्को दिदै ब्यानर प्रिन्ट नाममा व्यापारीलाई पक्राउ गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ । व्यापार गरिरहेका व्यापारी, विद्यालय पढ्ने, परिक्षाको तयारीमा रहेका विद्यार्थीहरु गिरफ्तार गरि नाङ्गोमा केपी–पिकेका अन्धभक्तहरु उत्रिएका छन । यस्तो हर्कत नरोके सशक्त प्रतिरोध गर्ने, केन्द्र, प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरु गाउँ प्रवेशमा निषेध गर्ने, जिल्ला बन्द गरिनेछ ।

केपी–पिके उनका अन्धभक्त प्रशासकहरुले जनताको तागत कति शक्तिशाली हुन्छ भन्ने कुरा थाहा विगतका मुक्ति आन्दोलन र स्मरण गर्न अनुरोध गर्दछौं । क्रान्तिको आँधीले उडाएका जनहत्यारा शासकहरुको हददर्जाको बेइमानी छलकपट र जनता प्रतिको यो ठुलो अपमान हो । जसले केपी–पिके–बादल र उनका अन्धभक्त हरुका दिनगन्ती सुरु भएका छन । यसको उचित हिसाब आन्दोलनकै प्रक्रियामा एकीकृत जनक्रान्ती मार्फत गरिनेछ । युद्ध मोर्चा हारेका जनताका वैरिहरुले यस्ता हर्कत रोक्न अपिल गर्दछौं ।

यस्ता नागरिक स्वतन्त्रता र मानव अधिकार विरोधी हर्कत रोक्न प्रशासन समक्ष चेतावनी दिन चाहन्छौं । दमनको पर्दाफासमा उत्रिन आम जनसमुदाय, पत्रकार , विद्यार्थी साहित्यकार, उद्योगी, व्यवसायी मानवअधिकारवादी हरुमा अपिल गर्दछौं । आम पार्टी, कार्यकर्ता, जनसमुदाय मा प्रतिरोधमय तरिकाले उत्रिन अपिल गर्दछौं । दमन, ज्यादती र विनाकारण गिरफ्तारी का विरुद्ध निम्न संघर्षका कार्यक्रम घोषणा गरेका छौ । हिरासत रहेका बन्दिहरुको रिहाइ नगरिए चरणबद्ध संघर्ष गर्ने यसै  विज्ञप्ति मार्फत जानकारी गर्दैछौ ।

संघर्षका कार्यक्रमहरु

भाद्र ५ गते प्रचारप्रसार

भाद्र ६ गते कोणसभा, भणडाफोर र अन्तरक्रिया 

भाद्र ७ गते मसाल जुलुस 

प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार