• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा माध्यामिक स्तरीय क्रिकेट प्रतियोगिता हुने


भाद्र ५, सल्यान । सल्यानमा बोर्डिङ स्कुलले क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । जिल्लाको सदरमुकाम खलंगामा रहेको एमएम एकेडेमीको आयोजनामा भाद्र १३ गते देखि १५ गतेसम्म अन्तर माध्यामिक विद्यालय क्रिकेट प्रतियोगीता हुने भएको हो । उक्त बोर्डिङ स्कुलले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो ।

खलंगाकोे लुहापिङ्ग मैेदानमा हुने प्रतियोगितामा अहिलेसम्म ६ वटा विद्यालयले क्रिकेट खेल्ने जानकारी दिएपनि दर्ताको अन्तिम मिती भाद्र ८ गतेसम्म भएकोले बढ्न सक्ने एमएम एकाडेमीका फाउन्डर महेश देवकोटाले बताए । उनका अनुसार प्रतियागितको विजेताले १५ हजार र उपविजेताले १० हजारका साथमा शिल्ड प्राप्त गर्नेछन ।

सहभागिलाई प्रमाणपत्रले सम्मान गरिने बताए  । टीम दर्ताको लागी प्रति स्कुल ३५ सय तोकिएको उनले बताए । विजेताको पुरस्कार उक्त विद्यालयका पुर्व शिक्षक हाल अष्ट्रेलियामा रहेने वृजेश विक्रम शाहले र उपविजेता पुरस्कारको ब्यवस्था बिकास बुढाथोकीले गरेका छन् ।

विद्यालयले समय समयमा यस्ता कार्यक्रम संचालन गर्दै आएको भन्दै विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर बस्नेतले विद्यालयको तर्फबाट विद्यार्थीलाई खेल क्षेत्रमा पनि विकास गराउने बताए । उनले सरकारी तवरबाट हुने यस्ता कामलाई आफुहरुले पनि प्राथामिकता दिएको बताए । विद्यार्थीको खेल प्रतिको आर्कषन र प्रतिभा देखाउने थलोको रुपमा प्रतियोगीताको आयोजना गरिएको उनले बताए ।

खेलकुद खेलाउने जिम्मा जिल्ला क्रिकेट संघ सल्यानले लिएको छ । कार्यक्रमकोे प्रचारप्रसारमा सहयोगका लागी क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले सबैलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार