• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

आलुमा रमाउने ‘सल्यानको बाफुखोला’ (फोटो फिचर)


भाद्र ५, सल्यान । सल्यानको बाफुखोला आलु खेतीका लागी प्रख्यात मानिन्छ । साविकको बाफुखोला गाविस र हालको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने बाफुखोला सल्यानको पुर्वी उत्तरी भागमा पर्छ । जहाँ रोल्पा र रुकुमसँग सिमाना जोडिएको छ ।

बाफुखोला राप्ती सिरानमा पनि पर्दछ । यहाँबाट बग्ने पानी रोल्पाको सुकाओडार हुँदा माडी नदिमा पुगेर राप्ती नदि बन्दछ । बाफुखोलाको पहिचान भनेको यहाँ उत्पादन हुने अर्गानी आलु हो ।

बाफुखोलामा सिचाँईको सुविधा भएको प्रत्यक घरपरिवारले आलु खेती गर्दछन् । यहाँ उत्पादन हुने आलु सल्यान सँगै दाङ, बाँके, बर्दिया, बुटवल, पोखरा, काठमाडौं र भारतका विभिन्न शहरहरुमा पुग्दछ । वर्षायाममा यहाँ आलुको सिजन हुने गर्दछ ।

व्यवसायीक रुपमा आलु खेती हुँदै आएको बाफुखोलाबाट वार्षिक २५ करोड भन्दा धेरैको आलु निकासी हुने गर्दछ । आलु खेतीलाई आधुनिक र व्यवसायिक रुपमा सञ्चालन गर्न चाहेपनि आलु प्रशोधन केन्द्र र पक्की सडक नहुँदा यहाँका किसान समस्या भोग्दै आएका छन् । यसमा स्थानीय सरकारको पनि ध्यान गएको देखिदैन् ।

प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार