• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

श्रीगाउँ लाईभ भिजनमा, स्पेलिङ प्रतियोगिता सम्पन्न


पूर्ण के.सी./ भदौ ७ , दाङ । श्रीगाउँ लाईफ भिजन मावि , दंगिशरण गाउँपालिका ७ सिमठाना दाङमा आज स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ । हरेक शनिवार अतिरितm कृयाकलापलाई जोड दिदै आएको विधालयले स्पेलिङ प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा करिब २५ बढिको सहभागिता रहेको थियो । विभिन्न समुहमा विभाजन गरेर प्रतियोगिता गराईएको विधालय प्रशासणले जनाएको छ । प्रतियोगितामा प्रथम , दृतिय , र तृतियलाई पुरस्कार प्रदान गरिएको थियो ।

उनिहरुलाई स्कुलको वार्षिक उत्सवमा सम्मान समेत गरिने प्र.अ. मोहविर सोमइले जानकारी दिनुभयो । विधालयले स्थापनाकाल देखि हरेक शनिवार विभिन्न कार्यक्रम गर्दै आएको छ भने आईतवार बिदा दिने गरेको विधालय व्यवस्थापन समितीका अध्यक्ष भिम बहादुर बुढाथोकिले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण विधालयका प्र.अ. मोहविर सोमइ र शिक्षक पूर्ण के.सीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार