• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

प्रतिलिपि अधिकार तथा संगित रोयाल्टी ब्यबस्थापन बिषयक अन्तरक्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न


भाद्र ८ दाङ –सार्वजनिक सवारीका साधानमा गित बजाए बाफत कर तिर्नुपर्ने बिषयमा जानकारी दिने उदेश्यले प्रतिलिपि अधिकार तथा संगित रोयाल्टी ब्यबस्थापन बिषयक अन्तरक्रिया कार्यक्रम हिजो शानिबार तुलसीपुरको एकान्त लजमा सम्पन्न भएको छ ।

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय र संगित रोयल्टी संकलन समाजको आयोजनामा गरिएको उक्त कार्यक्रममा रेडियो,टेलीभिजन,यातायात क्षेत्र, लाईभ कन्सर्ट,होटल रिसोर्ट,दोहोरी डान्स, र सोही प्रकृृतिको रेष्टुरेन्ट,सीआरबिटी,चलचित्र हल,पार्टी प्यालेस लगायत ४० वटा रोयल्टी उठाउने क्षेत्रहरुको बारेमा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा सार्वजनिक यातायातले यात्रुहरुलाई मनोरञ्जनका लागि बजाउने गित संगीतमा ६ पाङग्रे ठुला वसले २ हजार,४ पाङग्रे मझौला बस,मिनीबसले १४ सय,ट्रक,ट्याङकर,टिप्परले १२ सय,४ पाङग्रे ट्याक्सी,माईक्रो,मीनि ट्रकले १ हजार,पिकअफले ९ सय र ३ पाङग्रे टेम्पोले ८ सय रुपैया गित संगित बजाए वा सुनाय बाफत रोयल्टी बुझाउनुपर्ने बिसयमा जानकारी गराईएको थियो ।

१५ सय बढी गितमा संगित दिएका संगीत रोयल्टी संकलन समजाका केन्द्रीय अध्यक्ष महेश खड्काले परिवारका लागि आबश्यक आर्थिक भार ब्यय गर्न गाह्यो भई रहेको बताउनुभयो । शौचालयमा १० रुपैया तिरेर प्रयोग गर्ने ब्यक्तिले संगित सुन्दा पनि सुने बाफतको कर तिर्नुपर्छ भन्ने जानकारी अझै नभएको बताउनुभयो ।

यातायात ब्यबस्था कार्यालय राप्ती तुलसीपुरका नायव सुब्बा रेश्मी अधिकारीले २०७६ असार १९ गते सम्म भालुवाङ स्थीत कार्यालयबाट ५ लाख १८ हजार ८ सय र तुलसीपुर स्थीत कार्यालयबाट १ लाख १५ हजार ९ सय रोयल्टी संकलन भएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेल,सामुदायीक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम पत्रकार सुशील बस्नेत,तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य जानका रेग्मी,तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब रुपबहादुर खत्री,रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मी,पत्रकार सुरेश श्रेष्ठ,साहित्यकार डाक्टर लोकराज पराजुली,लगायतले प्रतिलिपी अधिकार र रोयल्टी बिषयमा आ-आफना भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र ८ गते आइतवार