• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

रवि ला’मिछानेको बयान आज किन भएन ?


भाद्र ८, काठमाडौं । आत्म’हत्या दुरुत्साहन मुद्दाका अभियुक्त रवि ला’मिछाने र युवराज कँडेलको बयान सोमबार हुने भएको छ । तीनमध्ये एक अभियुक्त अस्मिता कार्कीको बयान आइतबार सकिएको छ । उनको जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान भएको थियो ।

लामिछाने र कँडेलको बयान भने समय नपुगेकोले सोमबारलाई सरेको अदालतले जनाएको छ। बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार दिउँसो बुझाएपछि लामिछाने सहित तीनै जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

भोलि बयान सकिएसँगै अदालतले धरौटीमा रिहा, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने भन्नेबारे कुनै एक आदेश दिन सक्नेछ । पत्रकार शा’लिकराम पुडासैनीलाई आत्म’हत्याका लागि दुरुत्साहन गरेको आरोपमा लामिछाने, कँडेल र कार्कीविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

गत साउन २० गते चितवनको कङ्गारु होटेलमा पत्रकार पुडासैनी मृ’त अवस्थामा फेला परेका थिए । सोही विषयमा छानविनका लागि सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेललाई चितवन प्रहरीले न्युज २४ टेलिभिजनको कार्यालयमै प्रवेश गरी अन्तर्राष्ट्रिय मान्यता विपरित नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र ८ गते आइतवार