• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

दाङमा दुईजना युवाले एक युवकलाई खुकुरी प्रहार गरे


भदौ ८, दाङ । दाङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाईते भएका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका १५ ट्राफिक चोक निवासी २३ वर्षिय महेश हमाल र सोहि ठाउँका २२ वर्षिय राजु चौधरीको खुकुरी प्रहारबाट घोराही १५ निवासी १८ वर्षिय त्रिशक्ति बर्तौला घाईते भएका छन् । प्रहरीका अनुसार सामान्य विवादका कारण बर्तौलालाई दाङ भ्याली कलेज नजिक खुकुरी प्रहार गरिएको बताइएको छ ।

खुकुरी प्रहारबाट घाईते भएका बर्तौलाको राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा उपचार पश्चात अहिले थप उपचारको लागि मेडिकल कलेज कोहलपुरमा रिफर गरीएको जिल्ला प्रहरी कार्यालका दाङका प्रहरी उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने दुवैजना खुकुरी सहित प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र ८ गते आइतवार