• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

प्रधानमन्त्रीलाई अपशब्द लेखेको आरोपमा काँग्रेस निकट विद्यार्थी पक्राउ


भदौ ८, कैलाली । प्रहरीले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको आरोपमा  लम्कीका २६ वर्षीय हृदय उपाध्यायलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रधानमन्त्रीलाई अपशब्द प्रयोग गरेको भन्दै उनलाई अपराध महाशाखा टेकुको निर्देशनमा इलाका प्रहरी कार्यालय लम्कीले आइतबार पक्राउ गरेको हो ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ आबद्ध उनलाई थप अनुसन्धानका लागि काठमाडौं पठाइने प्रहरीले जनाएको छ। उपाध्यायले उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा अपशब्द लेखेका थिए।

प्रकाशित मिति : २०७६ भाद्र ८ गते आइतवार