• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

अज्ञात समुहद्वारा रोल्पामा वडा कार्यालयमाथी बम विस्फोट र आगजनी


भाद्र ९, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका–२ को वडा कार्यालयमा आइतबार राति अज्ञात समुहले बम विस्फोट र आगजनी गरेको छ । राङसीमा रहेको वडा कार्यालयमा राति १२ बजे बम विस्फोट र आगजनी भएको वडाध्यक्ष हरिप्रसाद बुढाले बताए ।

बम विस्फोटपछि गरिएको आगजनीलाई स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । राति नै तत्काल आगो नियन्त्रणमा आएको र अहिले त्यहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

प्रहरीले घटनाको बारेमा अनुसन्धन भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार