• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

रवि लामिछानेको रिहाईको माग गर्दै दाङमा प्र’दर्शन


भाद्र ९,दाङ । टेलिभिजन प्रस्तोता रवि लामेछोनेको रिहाईको माग गर्दै दाङमा पनि विरोध पर्द’शन गरिएको छ । दाङको तुलसीपुर बजारमा आज बिहान रवि लामिछानेका समर्थकले विरोध पर्द’शन गरेका हुन् ।

“निर्दोष रविलाई रिहा गर, दोषीलाई कारबाही गर, निश्पक्ष छाविन गर” लगाएतका नारा लगाउदै तुलसीपुरका विभिन्न भागको परिक्रमा गरेको र्याली विपि चोकमा पुगेर कोणसभामा परनत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने वक्ताले षडेन्त्रपूर्वक ढंगले रविलाई पसाईएको भन्दै तत्काल विना सर्त रिहाई गर्न माग गरे ।

होटेलमा राखिएका सिसी टिभि, गाएव पारिनु, मोबाईलमा खिचेको भिडियो भाइरल बनाउनु यी सबै योजना वद्ध तवरले गरिएको घटना क्रम भएको भन्दै अबिलम्ब रिहाई गर्न माग गरे । रवि थुनामा परेपछि तुलसीपुरमा पहिलो पटक विरोध पर्द’शन गरिएको हो ।

यसरी रवि लामिलाछानेको पक्षमा देशका विभिन्न सहरमा पर्द’शन भैरहेको छ । रवि पक्राउ परेको दिनदेखिनै चितवनमा पर्दशन भैरहेको छ । आज चितवनमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । जहाँ ५ जनाको भन्दा धेरै समुहमा हिड्न पाइने छैन् ।

पत्रकार शालिकराम पुडासैनी आत्म’ह’त्या प्रकरणमा रवि लामिछाने र युवराज कँडेल साउन ३० गते साँझ न्यू २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका थिए भने अस्मिता कार्की कंलकीबाट पक्राउ परेकी थिइन् । तीनै जनालाई प्रहरीले चितवनमा राखेको छ ।

यसैबिच पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान सोमबार शुरु भएको छ । आइतबार सोही अभियोगमा पक्राउ परेकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको थियो ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछानेको बयान शुरु गरिने छ । त्यसलगत्तै थुनछेक बहस शुरु हुने उनले जानकारी दिए ।

बहसका लागि वादीका पक्षबाट तीन सरकारी वकिलका साथै जाहेरवाला तथा प्रतिवादीका तर्फबाट पाँच,पाँच वकिलले बहस गर्ने जानकारी प्राप्त भएको र अन्य कानून व्यवसायी पनि थपिन सक्ने श्रेस्तेदार गिरीको भनाइ थियो । बहस सकिएपछि मात्र थुनछेक हुने–नहुने भन्ने आदेश जारी हुने बताइएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार