• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

यस्तो छ रवि, युवराज र अस्मिताले दिएको बयान


भाद्र ९, चितवन । आ’त्म’ह’त्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कडेल र शालिकराम पुडासैनीकी प्रेमीका अस्मिता कार्कीले प्रहरीसँग आ-आफ्नो बयान दिएका छन्।

यस्तो छ रविको बयान:

कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाको बारेमा मलाई केही थाहा थिएन । निज काममा निकै मेहनत गरी खटिने र राम्रो राम्रो सुचनाहरु ल्याउने गर्थे।

करिब दुई महिना पहिले निजले (शालिकले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए। अब न्युज २४ छोडेँ भनेका थिए । पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाहा पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो। 

घटनाको दुईरतीन दिन पहिले हाम्रो क्यामेरामेन अनिल ढुंगेलले हामी सबै कर्मचारीहरु सँगै भएको बेला निज शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमीकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ। मिति २०७६ साउन २० गते मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ। भोलिपल्ट बिहान ब्युझिई मोबाइल हेर्दा निज शालिकरामको म’त्यु सम्बन्धमा म्यासेजहरु २० गते राति नै आइसकेका रहेछन्।

निजले मर्नुअघि बनाएका २ वटा भिडियोहरु हेर्दा निजले आफूलाई रवि लामिछाने समेतले म’र्नलाई बाध्य बनाएकोले आ’त्म’ह’त्या गरेको भनेका रहेछन्। सो कुरा निजले के -कति कारणले भने मलाई थाह छैन। 

तर निजले आफ्नो श्रीमती हुँदाहुँदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसँग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबै कुरा थाहा पाई निजबाट टाढिन खोज्दा निजले अमिस्तालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरिदिन्छु भनी डर देखाउने जस्ता कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रोबारेमा भनी सार्वजनिक गरिदिने भनेको कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसँग चित्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई आ’त्म’ह’त्या गरेको हुनुपर्छ।

यस्तो छ युवराज कँडेलको बयान:

भिडियोमा भने जस्तो मैले कुनै दुःख दिएको छैन। निजले ल्याएका समाचारका टिपोटहरुलाई कहिलेकाहीँ निकाल्ने र थप्ने हुन्थ्यो। सोही कुरामा निजले मसँग चित्त दुःखाएको हुनुपर्छ। सो बाहेक अन्य केही कारण छैन।’ शालिकराम विवाहित भएको र श्रीमती सम्झनासँग नयाँ बसपार्कतिर बस्छन् भन्ने बाहेक निजको बारेका अन्य केही पनि थाह छैन् ।

युवराजले आ’त्म’ह’त्या भन्दा दुई वा तीन दिन पहिले कार्यक्रम निर्माता दिपक बोहोरा र कार्यक्रम सञ्चालक रवि लामिछाने र न्युज २४ का अन्य कर्मचारीहरु समेत भएका बेला क्यामेरामेन अनिल ढुंगलेले मृ’त’क शालिकराम पुडासैनीको प्रेमीकासँग सम्बन्ध बिग्रिएको गुनासो गरेको कुरा सुनाएको बताएका छन्। सोही कुराकानीमा त्यस्तो छ भने प्रहरीकोमा जानु भनेर दिपक बोहोराले भनेका थिए।

यस्तो छ अस्मिताको बयान:

आ’त्म’ह’त्याको चाररपाँच दिन पहिले न्युज २४ टिभीका क्यामेरामेन अनिल ढुंगेललाई फोन तथा म्यासेज गरी भेटी रवि लामिछाने समेतलाई सो कुराको जानकारी गराइ दिनु भनी म र मृतक शालिकराम पुडासैनीबीच भएका म्यासेजहरुका केही स्क्रिनसटहरु समेत निज ढुंगेललाई दिएको थिएँ।

भेटपछि न्युज २४ को कार्यालयअघि उभिएको फोटो खिची शालिकरामलाई पठाएको थिएँ। मैले भेटेको र मैले राखेको कुराबारे क्यामेरामेन अनिलले रवि र युवराजलाई पनि जानकारी गराएको भनेर मलाई भनेका थिए। मसँगको भेटको कुरा आफूले शालिकरामलाई पनि भनेको भनेर अनिलले मलाई भनेका थिए।

शालिक र मबीच भएका म्यासेजका स्क्रिनसटहरु मैले शालिकका नजिकका तीन जना साथीहरुलाई पनि पठाएका थिएँ। त्यस लगत्तै शालिकले मलाई बारम्बार फोन गरे तर, मैले त्यति वास्ता गरिनँ। साउन २० गते राति साढे १२ बजेतिर क्यामेरामेन अनिलले मलाई फोन गरी शालिकसँग भएका म्यासेजहरु डिलिट नर्गनु भनेका थिए।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार