• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

पत्रकार ओम हमाललाई तीन दिनभित्र सर्वोच्च उपस्थित गराउन आदेश


भाद्र ९, काठमाडौं । सर्वोच्च अदालतले पोखरामा पक्राउ परेका जनसंचार डटकमका सम्पादक पत्रकार ओम हमाललाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

सोमबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले हमाललाई तीन दिनभित्र अदालत उपस्थित गराउन आदेश दिँदै पक्राउ गर्नुको कारण पनि सोधेको छ । जनपत्रकार संगठनका केन्द्रीय सदस्य समेत रहेका पत्रकार हमाल विप्लव नेकपा निकट भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

पत्रकार हमाललाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दायर गरेका थिए । पत्रकार हमालको पक्राउ प्रति नेपाल पत्रकार महासंघ, जनपत्रकार लगाएत विभिन्न संगठनहरुलेविरोध जनाएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार