• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

तुलसीपुरमा रवि लामिछानेको समर्थनमा आमनागरिक सडकमा


भदौ ९, दाङ । शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा दाङ जिल्लामा शुभेच्छुकहरूले प्रदर्शन गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा सोमबार बिहान रवि लामिछानेका समर्थकले ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरू रवि लामिछाने निर्दोष रहेको भन्दै रिहाइको माग गरेका छन् ।

सयौँको संख्यामा सडकमा उत्रिएका रवि लामिछानेका शुभेच्छुकहरूले निर्दोष व्यक्तिलाई फसाएर अन्याय गरिएको दाबी समेत गरेका छन् ।

चितवन जिल्ला अदालतमा रवि लामिछानेसहित तीन जनाको शालिकराम पुडासैनी प्रकरणमा बयान चलेको छ । उनीहरू एघार दिनदेखि चितवन प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार