• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

रवि लामि’छानेलाई शालि’करामको विषयमा बोल्न बन्देज, बिदेश जान पनि रोक !


भाद्र ९, चितवन । पत्रकार शालि’कराम पुडा’सैनीलाई आ’त्म’ह’त्या गर्न दुरुत्साहन गरेको अभियोगमा सोमबार ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका रवि लामि’छानेलाई चितवन जिल्ला अदालतले अन्य बन्देज पनि लगाएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले मुद्दासँग सम्बन्धित विषयमा सार्वजनिक विचार दिन रवि र अर्का अभियुक्त युवराजको हकमा रोक लगाएको छ ।

आदेशमा रविले टेलिभिजन कार्यक्रम चालउन पाए पनि यस मुद्दाको अन्तिम टुंगो नलागेसम्म प्रहरी, पीडित परिवार, विशेषज्ञ, अदालत र न्यायीक कार्यमा असर पु¥याउन नपाउने उल्लेख छ ।

‘फेसबुक, ट्वीटर, सभा समारोहमा सार्वजनिक अभिव्यक्ति दिन नपाउने गरी आदेश भएको छ,’ जिल्ला अदालतलका श्रेष्तेदार रुद्रमणी गिरीले भने, ‘विदेश जाने भए रवि र युवराज दुवैले चितवन अदालतबाट लिखित अनुमति लिनुपर्ने छ ।’

अदालतले भिडियो प्रमाण र मृ’त’कको शव परीक्षण गराउने विशेषज्ञ झिकाइ पुनः थप गम्भीर अध्ययन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार