• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

गोरखा स्कुल तुलसीपुरका बालबालिकालाई ट्राफिक सचेतना


भदौ ९, दाङ । गोरखा मा वि तुलसीपुरका प्राथमिक तहका विद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा सचेतना प्रदान गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र बहादुर केसीले सचेतना प्रदान गरेका हुन् । सो अबसरमा बालबालिकाहरु दुर्घटनाबाट कसरी बच्ने, बाटो काट्ने तरिका जेब्रा क्रसिङको प्रयोग, फुटपाथको प्रयोग लगायतका विषयमा सचेतना प्रदान गरिएको थियो ।

विद्यालयको (सीपिआरयस) पद्धति अन्तर्गत मासिकरुपमा विभिन्न प्रयोगात्मक कृयाकलाप गर्दै आएको र सोहि बमोजिम यश महिना ट्राफिक नियम तथा बाटो काट्ने तरिकाको बारेमा सचेतना प्रदान गरिएको विद्यालयका २-५ संयोजक कमल भण्डारीले बताए । कार्यक्रममा धन्यवाद ज्ञापन गोरखा स्कुलका पृन्सिपल बिजय जि.एम.ले गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार