• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सत्तारुढ नेकपाका नेताहरु विरुद्ध बोल्न प्रतिबन्ध


भाद्र ९, काठमाडौं । सत्तारुढ दल नेकपाले नेताहरु विरुद्ध बोल्न प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली सिंगापुरमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेताहरु प्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीमै छलफल गर्न भनेको छ।

अन्यथा स्पष्टीकरणको माध्यमबाट कारबाही थाल्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। विभिन्न समयमा नेताहरु विरुद्व कार्यकर्ताहरुले फेसबुकमा स्टाटस लेख्दै तल्लोस्तरको आलोचना गरेपछि नेकपाले यस्तो निर्णय गरेको बताइएको छ ।

सोमबार बसेको बैठकले केही विभागमा उपप्रमुख, जिल्ला इन्चार्ज र जनवर्गिय संगठनहरुमा सहइन्चार्जहरु हेरफेर गरेको छ । बैठकले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ ।

पार्टी कार्यालय धुमबराहीमा सोमबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा कानुन मनत्री भानुभक्त ढकाललाई र उपप्रमुखमा राम कुमार राईलाई नियुक्त गरेको हो । यसअघि राईलाई खोटाङको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो । सो जिम्मेवारीबाट हटाएर राईलाई राष्ट्रिय सुरक्षा विभाग उपप्रमुखको जिम्मेवारी दिईएको हो ।

त्यसैगरी प्रादेशीक मामिला विभागको उपप्रमुखमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई नियुक्त गरेको हो । त्यस्तै पत्रकार तथा लेखक विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिईएको छ । बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पद्मा राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशत सम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधान अनुसार सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गिय संगठन र विभागका उपप्रमुख र सहइन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार