• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

वरिष्ठ लेखक तथा पत्रकार खेम थपलिया रिहा


भाद्र ९, काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव एवं वरिष्ठ लेखक तथा पत्रकार खेम थपलिया रिहा भएका छन् ।

सर्वाेच्च अदालत न्यायधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासको सोमबार दिएको आदेशमा थपलिया रिहा भएका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले गत ३ साउनमा थपलियाको रिहाइका लागि सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

थपलिया रिहा भएपछि संवाद डबलीमा स्वागत तथा सम्मान गरिएको थियो । सरकारद्धारा प्रतिबन्ध लगाइएको विप्लव नेकपालाई सहयोग पुग्नेगरी सामाग्री प्रकाशन गरेको अभियोगमा थपलियालाई शसस्त्र प्रहरीले १७ दिन अगाडी काठमाडौंको बागबजारबाट गिरफ्तार गरेको थियो ।

उनलाई सरकारले बिना पक्राउ पूर्जी आफ्नै कार्यालयबाट अपहरण शैलीमा पक्राउ गरेको थियो । थपलियालाई कुनै पनि विध्वंसात्मक गतिविधिमा संलग्न भएको प्रमाण फेला नपरेपछि अदालतले आज उनलाई रिहाइको आदेश दिएको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार