• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यान कपुरकोटमा तरकारी खरिद गर्न आएका व्यापारी लडेर घाइते


शंकर केसी/ भाद्र १०, सल्यान । सल्यान कपुरकोटमा एक जना व्यापारी लडेर घाइते भएका छन् । मंगलबार लागेको तरकारी बजारमा लडेर रौतहट घर भइ दाङको भालुवाङमा बसेर तरकारी व्यापार गर्दै आएका रघुनाथ सहानी घाइते भएको प्रहरीले जनाएको छ ।

तरकारी खरिदका लागी कपुरकोट आएका ३५ वर्षिय रघुनाथ विहान तरकारि बजारको टहराबाट तल खसेका थिए । उनको मुख, छाती र हातमा चोट लागेको प्रहरी चौकी कपुरकोटका प्रमुख सई सुरेन्द्र बुढाथोकीले बताए ।

उनलाई कपुरकोटमा प्रारम्भीक उपचार पश्चात थप उपचारका लागी दाङ तर्फ रिफर गरिएको सई बुढाथोकीले जानकारि गराए ।

प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार